Our Culture explained
थकाली भाषामा | नेपाली भाषामा | इष्ट देवी देवताहरुको नाम | ||||
थर | थर | नाम | रङ्ग | दिशा | शक्ति | हतियार |
च्योकी | गौचन | ल्ह् ल्हाङवा नुर्वू | रातो | पूर्व | आगो, हावा | तरवार |
शाल्की | तुलाचन | ल्ह् छयुरिण ग्याल्मो | हरियो | दक्षिण | पानी | एकातर्फ बन्चरो अर्कोतर्फ थेवे |
ट्हीम्चन | शेरचन | ल्ह् क्हाङला सिङ्की कर्पो | सेतो | पश्चिम | हिउँ | टुकटुके घन |
प्हुर्की | भट्टचन | ल्ह् ह्यावा र्ह्याङज्युङ | कालो | उत्तर | माटो | चुच्चे वाङसो |
- इन्द्रजीत गौचन
- पद : थकाली ट्होम्
- ठेगाना : लेते
- पदम बहादुर गौचन
- पद : थकाली ट्होम्
- ठेगाना : काठमाडौ
- भीम बहादुर गौचन
- पद : थकाली ट्होम्
- ठेगाना : काठमाडौ
- चित्र बहादुर गौचन
- पद : थकाली ट्होम्
- ठेगाना : बुटवल
- श्री योगेन्द्र तुलाचन
- पद : थकाली ट्होम्
- ठेगाना : म्याग्दी तातोपानी
- श्री नविन शेरचन
- पद : थकाली ट्होम्
- ठेगाना : काठमाडौ
- श्री प्रेम गौचन
- पद : थकाली ट्होम्
- ठेगाना : बुटवल
- श्री मनोज गौचन
- पद : ट्हुम्व
- ठेगाना : नाउरीकोट
- श्री तेजव शेरचन
- पद : ट्हुम्व
- ठेगाना : नरसांगोम्पा
क्रं.सं. | नाम | क्षेत्र |
1 | किरण ध्वज तुलाचन | थाक |
2 | पेरीक गौचन | काठमाडौ |
3 | हिमालध्वज तुलाचन | थाक |
4 | हरिध्वज तुलाचन | पोखरा |
5 | पदम प्रसाद गौचन | काठमांडू |
6 | शशि ध्वज तुलाचन | काठमांडू |
वर्षको बाह्रै महिना एकै नासको हुँदेन । थकाली जातिहरु फागुण महिनालाई पवित्र महिना मान्छन् । यो महिनाले प्राकृतिक रुपमानै विशेष महत्व बोकेर आएको छ । यो चाड हरेक वर्षको फागु पुर्णिमाको दिन एउटा विशेष चाडको रुपमा ज्यादै भव्य र सजधज्का साथ मनाइन्छ । गौचनको वंश गाथा अनुसार खे ऐनी ऐराम अथवा पूर्खा ऐनी ऐरामले एक दिन अरु ३ पूर्खाहरुसँग कुरा गर्दै उहाँले भन्नुभएको छकि –हामीले एउटा समाज स्थापना ग¥यौ, थर– उपथरहरु पनि मिलायौ, विवाहको वन्दोवस्त पनि ग¥यौ , हाम्रा ४ देवताहरुको लागि १२ वर्षे ल्हफेव महोत्सव पनि वनायौ । ल्ह नरिझयोवको लागि पनि हरेक वर्ष भाद्र, (फाल) मा १३ कुमारहरुवाट स्तुती गान गाएर पूजा आरधना गर्ने व्यवस्था पनि मिलायौ । अब हाम्रा दिवंगत पितृहरुलाई औपचारिक रुपमा पूजा आरधना गर्ने कुनै पर्व भएन भनी जिज्ञासा राख्नुभयो । उहाँहरुले गहिरो छलफल गर्नु भएपछि दिवंगत पितृहरुलाई विशेष ढङ्गले पूजा आरधना गर्न हरेक वर्षको फागुण महिनालाई तोरन्ल पर्वको नामले पुज्ने भनेर निर्णय भए अनुसार ४ देवताहरुको लागि ल्हफेव, ल्ह नरिझयोवको भाद्र (फालो) कुमार यात्रा र दिवंगत पितृहरुको लागि तोरन्ल पर्व मान्ने प्रथा राखिएको कुरा च्योकी ह्रव–चभतभििष्लन या नबगअजबल चजबदक मा उल्लेख गरिएको छ । यसरी तोरन्ल चाड मान्ने प्रथा वसेको देखिन्छ । यो चाड पहाडी पूर्णिमालाई विचमा पारेर तीन दिन सम्म मनाइन्छ । पहिलो दिन नुहाई धुहाई गरेर घर मुलीले फलफुल, ध्यू, मह, रक्सी जाँड सेल रोटी चेप्टो रोटी झिनीया फु¥याएको , चौरीको छुर्पिे फु¥याएको आदि चोखो, निष्टो खाना परिकारहरु पूजा कोठाको ब्तिबच मा पितृ देवहरु र खे– मोम् लाई पूजा अर्चना धूप बत्ति बालेर चढाएर, ढोग गरेपछि मनमनमा आफ्ना केही गम्भिर कुराहरु पितृहरु सँग राखेर आशिर्वाद मागिन्छ । चाँदिको कचौरामा दुध , मह, रक्सी चढाइन्छ । रिकापीमा खानाका परिकार र स्याङसोङ (विशेष किसिमको तामाको ट्रे) मा पनि सिङ्गो खाना परिकारहरु चढाएर राखिन्छ । त्यो काम विहान व्रह्ममुहूर्तमा गरिन्छ । यसरी प्रसाद चढाइ सकेपछि घरका सबै परिवारहरु एकत्रित भएर हाँसी खुसीका साथ तोरन्ल प्रसाद खाने काम गरिन्छ । दोस्रो दिन पनि त्यही विधि दोहो¥याइन्छ । तेस्रो दिन भने पितृहरुलाई सबैलाई विदा गरिन्छ । यस दिन गरिने अन्य विधिहरु पनि उही पहिलेको दिन जस्तै हुन्छ । यसै अवसरमा पुरुष थकालीहरुले ५ दिन सम्म धनुषवाण खेल खेल्छन् भने महिलाहरु कौडाको खेल खेल्छन् । नाचगान, हाँस्यव्यङ्ग कार्यक्रमहरु सन्चालन गरेका हुन्छन् । यस अवसरमा छोरी चेली ज्वाइहरु दिदी बहिनीहरु र भान्जा भान्जीहरुलाई घरमा निम्त्याएर मिठो मिठो चोखो निस्ठो भव्य व्यजन खुवाएर आपसमा आफ्ना जीवनका दुःख सुखका कुराहरु गरेर एक अर्कामा प्रेम, सद्भाव सहयोग र घूलमिल हुने राम्रा तरिकाहरु अपनाउँछन् । थकाली समाजमा भेटघाटको ज्यादै ठूलो महत्व छ । जसले आफ्नो हृदयको न्यानोपन अरुलाई दिनसक्दैन उ थकाली हुन सक्दैन । यस्तो छ थकाली दर्शन, थकाली संस्कृति । यस्तो गाढा रुपमा घुलमिल हुने संस्कार संसारमा विरलै पाइन्छ ।
थर | आदि पूर्खाहरु | बसोबास गरेका गाउँहरु |
गौचन | ऐनी ऐराम | नाउरीकोट |
तुलाचन | सम्ले त्हेन सम्ले च्याङ्ग | त्होचो |
शेरचन | ढाक्पा घेल्साङ | कोबाङ |
भट्टचन | पाउकुती (धाम्ची धमरु) | नरसाङ/खन्ती |
थाक सातसयका गुम्वाहरु
थाक खोला क्षेत्रमा जम्मा ९ वटा गुम्बाहरु
यस बाहेक थाक खोला क्षेत्रमा जम्मा ९ वटा गुम्बाहरु स्थापना गरी ती गुम्बाहरुमा नित्य पूजापाठ, आराधनाको कामहरु सम्बन्धित लामा, ढुङ्ब र झयोमाहरुले गरि आइरहेका छन् । सूचीबद्ध गर्दा थाकखोला, थाक सात सय गुम्वाहरुको विवरण यस प्रकार रहेको छ ।
गुम्बाको नाम | ठेगाना | गुम्बाको परम्परा | मुख्य लामा |
म्हेकी ल्हक्हाङ गुम्बा | कोवाङ–८ | न्हिङ्मा | नन्दुकुमार शेरचन |
छैरोग गुम्बा छैरो | मार्फा गाविस | न्हिङ्मा |
|
सम्व गुम्बा | टुकचे–५ | काग्पुया |
|
महाकाली गुम्बा | टुकचे–२ | न्हिङ्मा | शशीध्वज लामा |
रानी गुम्वा | टुकचे–७ | न्हीङमा/काग्युमा |
|
सौरु गुम्बा | कोवाङ–७ | न्हिङ्मा | हिमालध्वज तुलाचन |
नरसाङ गुम्बा | कोवाङ–६ | न्हिङ्मा | लामा च्योल्पा शेरचन |
ल्हकाङ गुम्बा | कोवाङ–३ | साक्यापा | रामप्रसाद तुलाचन |
ताग्लुङ गुम्बा | कुन्जो–२ | काग्युपा | लामा तेन्जिङ |
थकाली कुमार केटाहरुको छेयावार विजोड वर्षमा गरिन्छ । यो शुभ कार्यको लागि छ्योवर गर्ने केटाका मामाको उपस्थिति अनिवार्य हुन्छ । भानिजको केश काट्ने देखि लिएर सबै विधि विधानहरु मामाले सम्पन्न गर्नुपर्छ । बालक तीन वर्षबाट तेह्र वर्ष नकाट्दै राम्रो दिन हेरेर व्रतबन्ध (छ्योवर) गर्ने चलन छ । त्यस्तै गरेर बालिकाको हकमा तीन वर्ष देखि तेह्र वर्ष नकाट्दै विजोर वर्षमा थकाली वयस्क महिलाले पहिरने भेषभूषा थकाली भाषामा न्होकोन चोलो पहिरिएर आफ्ना आफन्तहरु कहाँ गएर आशिर्वाद ग्रहण गर्ने चलन छ । व्रतबन्धको धेरै शास्त्रीय महत्वहरु छन् । पहिलो हो जब बालक व्रतबन्ध विधि पुरा गर्छ र बालिकाले वयस्क महिलाले पहिरिने न्होकोन चोलो लगाउँछ । तब उनीहरुमा जिम्मेवारी थपिन्छ । अब उनीहरुले एउटा जिम्मेवारी व्यक्तिको दायित्व निभाउनु पर्छ । उनीहरु अब बालक, बालिका रहेनन् । किशोर किशोरीको अवस्थामा प्रवेश गरेको संकेतको रुपमा यो परम्परालाई हेरिन्छ । थकालीहरुको कुनै पनि परम्परा र रतिरिवाजहरु सम्पन्न गर्दा ज्वाइर्, मामाहरु, आमा पट्टिका आफन्तहरु आनच्योन र चेलीपट्टिका आफन्तहरुको उपस्थिती अनिवार्य रहेको हुन्छ । थकाली रितिरिवाजहरुमा यी खास खास व्यक्तिहरुको जुन किसिमले छनौट गरिएको छ , त्यसले थकाली समाजमा भाइचारा (Brother hoodness) को भावना जागृत गराएको छ ।
थकाली जातिमा शुभ विवाह तीन प्रकारबाट हुने गरेको पाइन्छ । १. छोपेर लैजाने विवाह २. मागी विवाह ३. प्रेम विवाह । त्यस्तै गरेर थकाली जातिमा वैवाहिक कार्यक्रम तीन चरणमा सम्पन्न गराउछन् । थकालीजातिमा फरक प्ह्या वा फरक चन भित्र मात्र विवाह चल्छ र फरक प्ह्या वा फरक चन भए पनि आमाको दिदीबहिनीको र बज्यैतिरको गुन्युनाता भित्रको विवाह चल्दैन ।१. खिमी–च्हुजी– गोत्र परिवर्तन
२. स्वयम्भर र गृह प्रवेश
३. कहर सजी– दुलही तर्फका नातेदारहरुलाई सम्मान स्वरुप कोसेली लगेर ढोगभेट गर्ने कार्यव्रmम
शुभविवाह हुनु किशोर किशोरीहरु सामथ्र्यवान भएको प्रमाण हो । अब उनीहरु संसार हाक्न सक्षम भए । शुभ विवाह भएपछि पुरुष र स्त्री दुवैले साहस पूर्ण, विवेकपूर्ण र पूरुषार्थ भएर काम गर्न सक्नु पर्छ । मानव जीवनमा जतिपनि रितिरिवाजहरु छन् ती सबै रितिरिवाजहरुलाई हामीले राम्ररी बुझ्ने प्रयास गर्नु पर्छ किनभने रितिरिवाजमा जीवन बुझ्ने आधारहरु हुन्छन् ।
थकाली शुभ विवाहको महत्वपूर्ण पक्षहरुः
१. खिमी–च्हुजी–गोत्र परिवर्तन २. कहर सची – दुलहन फर्काउने ३. प्हर फ्याव – गोत्र परिवर्तनको जानकारी
४. फयाल्व–आदर सम्मान गर्नु ५. कहम्व कुशल – इन्साफ गर्ने व्यक्ति ६. नेत कहर – विशेष भेटी ७. खाँङलो – बरको प्रतिक ८. जन्तर –बधुको प्रतिक ९. चाँदीको सुराही (फुम) – बाजेलाई चढाउने जाँडको वर्तन १०. चाँदीको ठेकी (परु) बजेलाई चढाउने रक्सीको वर्तन ११. लम्ट– याङ, स्त्रीशक्ति, लक्ष्मि शक्तिको प्रतिक १२. त्हापर दुलाहा पक्षको गोत्र भित्र नभई थर भित्रको प्रतिनिधि १३. अहास्याङपर दुलहीतर्फको मामा १४. म्हापर दुलाहा पक्षको प्रमुख ज्वाईलाई जनाउँछ ।
शुभविवाहः
१. छोपेर लैजानेः केटीको आमा वुवाले तत्काल मन्जुर नगर्ला भन्ने विचारबाट केटीको फुपु तथा दिदीहरुलाई सम्पर्क राखेको हुन्छ । फुपु दिदीहरुको माध्यमबाट केटीको केही मन्जुर जस्तो दखिए वा केटीको धेरै उमेर ढल्कदै गएको भएमा दिदी, फुपुहरुको नाता पर्ने केटा भएमा आमा वावुलाई पछि सबै आफन्त मिलेर सम्झाउने हिसावले फुपुहरुको विचारमा केटाले केही उन्नति, प्रगति गर्न सक्ने जस्तो देखिएमा दिदी फुपुहरुको आडमा छोपेर लैजाने चलन पनि थियो । तर यो चलन ७ दशक देखि मेटिदै गएको छ ।
२. मागी विवाहः मागी विवाहमा केटा सहित आमा वुवाले पनि रुचाएको हुनुपर्छ । यसमा खास गरेर घरको पृष्ठभूमि हेरिन्छ । जस्तै खानदान, योग्यता, चरित्र, ठाउँ विशेष, शारीरिक वनावट, बोलीवचन आदिको दुवै घरानाले सोच विचार गरेका हुन्छन् । यसरी विचार गर्दा चित्त बुझ्न गएमा विवाहको छिनोफानो हुन्छ ।
३. प्रेम विवाहः अलि शिक्षित परिवारमा प्रेम विवाह पनि हुनेगर्छ । तर साधारण घरानामा प्रेम विवाह सम्भव हुँदैन । थकाली समाजमा पनि धेरैजसो मागी विवाह नै हुन्छ । विकसित समाजमा मागी विवाह हुँदैन । त्यसैले विवाहको किसिम घरको धरातलमा निर्भर हुने कुरा रहेछ ।
वैवाहिक कार्यक्रमहरुः
१. खिमी च्छुव अथवा गोत्र परिवर्तनः खिमी च्छुवमा दुलहीको गोत्र परिवर्तन गरेर दुलाहाको गोत्रमा सामेल भएको जानकारी गराइन्छ । यस खिमी च्छुव कार्यक्रममा गोत्र भित्रका सम्पूर्ण दाजु भाइहरु, ज्वाइहरु मावलीतर्फका मुख्य आफन्तहरु सामेल हुनु अनिवार्य हुन्छ । थकाली समाजमा खिमी च्हुव (गोत्र परिवर्तन गर्ने कार्य) भएको छैन भने विवाहले मान्यता पाउँदैन । मागी विवाहमा स्वयम्भर हुनुभन्दा पूर्व खिमी च्हुव कार्य सम्पन्न गरिसकेको हुनु पर्छ । छोपेर वा उठेर गएमा खिमी च्हुव तीन दिन भित्र यो कार्य गर्नुपर्छ ।
२. न्हमी च्हुवः विशेष गरेर दुलहीको परिवारको मन्जुरी लिन र साथैमा आदर सम्मान गर्नको निम्ति न्हमी कार्य गर्नु पर्छ । यो एउटा पित्रृ पूजा कै अंग हो ।
नेत कहर दुलहीको विवाहित दिदी सहित सम्पूर्ण चेली (आनच्योन) अथवा नजिकको विवाहित अरु दिदी, बहिनीहरुलाई सम्मान स्वरुप लगिएको भेटी (विशेष उपहार) हो । यो भेटीमा के के राखिन्छ । त्यसको यहाँ सूचीबद्ध गर्न चाहन्छु ।
दुलाह पक्ष बाट तयारी गर्नु पर्ने
नेत कहरमा चाहिने सामाग्रीः
सेतो सफा कपडामा १२ माना अट्ने थैली (नन्)
यस थैली भित्र ९ माना चामल, उवा वा गहुँ मध्ये कुनै एक थरी राखिनेछ ।
यसभित्र म्हरफे चौरीको घ्यू डल्ला एक वा सो बराबरको नगद रुपियाँ राख्ने ।
यस भित्र नगदी ५ रुपियाँ राखी तीन चार वटा पवित्र धुपीको डाली घुसारी दुलाहाले नौ गाठो पारी बाँध्ने धुपिको टुप्पामा तीन ठाउँमा घ्युको हेर अथवा घ्युको टिका लगाई दिने ।
यो नेत कहर सित अर्को एउटा सामग्री चाहिन्छ जसमा खण्ड खण्ड भएको खानदान भित्र, पहिलो खण्डमा नौवटा पुरी रोटी राख्ने ।
दोस्रो खण्डमाः नौ मुठी उवा वा गहुँ भुटेको खाजामा चौरीको छुर्पी अथवा चौरीको सुकाएको ाष्लनभच अजष्उक जस्तै आकारको छयूर्पे लाई तेलमा फुर्राइ राख्ने ।
तेस्रो खण्डमाः उवाको सातुमा (स्हिप) घ्यू र घर मह मोली राखिदिने यो नेट कहर विवाहित आफ्नै जेठी दिदीको पहलमा अरु दिदी बहिनी र एका घरको फुपुहरु सँग मिलेर खाने चलन छ । थैलीभित्रको रु. ५।– थकाली जातिको महान पर्व १२ वर्ष ल्ह्फेव मेलाको आयोजनामा हुने आफ्नै दिदी बहिनीको संस्था छ्याङ्कयु खाने र विवाह भएको जानकारी सहित उक्त रुपियाँ जम्मा गरी आम्दानी बाँढ्ने काम गर्छन् ।
दुलही पक्षबाट संकलन र व्यवस्था गर्नुपर्ने पक्षहरुः
सर्वप्रथम खिमी न्हमी च्हुजी गर्ने पूजा कोठा सफा गरी बत्ति बाली राख्नु पर्छ । खिमी चढाउने ठाउँ (थेन्तेव) तख्ता पनि सफा राख्नु पर्छ ।
खिमी र न्हमी चढाउने दुइवटा चाँदिको कचौरा राख्नु पर्छ ।
खिमी न्हमी चढाउनलाई आमाबुवा सम्पन्न घरको छोरा नभए (क्ह्यु) गोत्र भित्रको एक कुमार केटा वा कुमारी छोरीको उपस्थिति गराई राख्नु पर्छ ।
दुलहीको नजिकको मामा (अह्स्याङ प्हर) साक्षीको रुपमा प्रतिनिधि बस्नु पर्ने हुन्छ ।
दुलहीको (कहयु) गोत्र भित्रको दाजुभाइ नभई आफ्नो थर भित्रको एक जना व्यक्ति ‘त्हाप्हर’ साक्षीको रुपमा प्रतिनिधि बस्नु पर्ने हुन्छ ।
दुलहीको आमा पट्टिका नजिकको आमा छिमेकका नाताहरु ।
आदर, समान्न र विन्ती प्रणाम (फयाल्वा) प्हर फ्याजी गरि सकेपछि दुलाहा पक्षका किशोरले पहिलो पटक माइती र अरु नातेदार ठूला साना सबैलाई आदर र सम्मानपूर्वक ढोग दिनु पर्छ । घरको सम्मानको निम्ति न्हमीको कार्यक्रम सुरु हुन्छ । त्यसको लागि कहम्वकुशलले दुईवटा चाँदीको कचौरा माग हुन्छ । यस कचौरामा, ठेकीमा (परु) आएको शुद्ध र चोखो रक्सी भरि पहिलेकै जस्तै हेर गरी कुमार केटाको घाँटीमा जन्तर लगाइ दिन्छ । केटाको दुवै हातमा कचौरा राखी भित्र पुजा कोठामा जान तैयारीका अवस्थामा , ज्वाइहरुले न्हमीको रक्सी भरेर कप वा गिलासमा ३÷३ ठाउँमा हेर गरि माईती तथा मामा मावलीहरु सबैलाई राखिदिन्छ । यतिकैमा कुमार केटा न्हमीको लागि भित्र (थेन्तेब) तख्ता सामुन्ने पुगि पश्चिम दिशा फर्कि उक्त न्हमीको कचौरा राखी खे–मोम सोलो भन्दै छे छे (लिनुहोस्, ग्रहण गर्नुहोस्) भन्दै छर्कि रहन्छ । बाहिर बस्नु भएका माइतीहरु सबैले पनि छे छे गर्दै नब बरबधुलाई आशिर्वाद दिँदै जान्छ र भित्रबाट कुमार केटा वाहिर आएर आफ्नो घाँटीको जन्तर कहम्व कुशललाई दिन्छ । यतिकैमा बाजा आएको भए बाजा बज्दछ । पहिले बन्दुक पट्काउने चलन पनि थियो । कार्यक्रमको अन्तको लागि न्हमी चढाए पछि फेरि ठूलो साना सबैलाई दुलाहा पक्षका केटाले दोस्रो पटक आदर साथ अनुशासित भएर ढोग दिँदै जान्छ । यस खिमी च्हुब को कार्यको अन्तिम चरणमा परम्परा देखि चलिआएको संस्कृतिमा क्हम्वकुशलले तीन जना प्हरहरु (साक्षीहरु) लाई निम्त्याउँ छन् ।
त्हा प्हर , दुलही पक्षका आफ्ना –(क्ह्यू) गोत्र नभई थर भित्रको एक जना ।
अहस्ह्याङ प्हर– दुलहीको नजिकको मामा एक जना
म्हा प्हर , दुलाहा पक्षको प्रमुख ज्वाई एक जना ।
यी तीन जना प्हर (साक्षीहरु) लाई एकै ठाउँमा बस्ने आसन बनाई राखेको हुन्छ । प्हरलाई माइतीबाट सम्मान गरी कपमा हेर गरी रक्सी तरकारी दिइ साक्षीको रुपमा आदर गरिएको हुन्छ । क्हम्बकुशलले यस विवाहको खिमी न्हमी को प्रमाणको निम्ति दुलाहाको ३ पुस्ते नाम समेत उल्लेख गरी दुलाहा दुलही बाबा वा प्रतिनिधिको समेत पाँच जनाको संयुक्त दस्तखत गरि समाजमा प्रमाणको लागि राखिन्छ । सम्बन्धित समाजमा नियम अनुसार राख्नु पर्ने केही रकमको अवगत गराउँछ । यसमा दुलाहा तर्फमा अनिवार्य हुन्छ भने दुलहीतर्फ इच्छा अनुसारको रकम क्हम्बकुशल लाई बुझाउँछ । यो रकम सम्बन्धित समाजको आम्दानीको श्रोतमा जम्मा गरिन्छ । क्हम्वकुशलले दुलही –(क्ह्यूु) गोत्र दुलाहाको ( क्ह्यूु ) गोत्रमा परिणत भएको घोषणा गर्छ । यसलाई सबै बाट समर्थनको ताली बज्दछ । दुलाहा पक्षबाट आएको (फुम) सुराहीमा जाँड (छ्याङ) र ठेकी (परु) मा रक्सी माइतीहरुबाट थपि दुलाहाको घरमा खिमी च्हुजीको लागि पठाउनु पर्छ ।
क्हम्वकुशलले सबै काम सकिएको जानकारी सहित दुलाहा पक्षबाट आएको सुराही र ठेकी, खाँङ्लो र जन्तर निखन्ने भनेर केही रुपैयाँ माग्छन् । यो समान निखने पछि सबै काम सकिएको मानिने छ । त्यस बेलासम्म दुलाहा पक्षबाट आएका सबै बाहिरनै बसेको हुन्छ । सम्पूर्ण काम सकिएको जानकारी क्हम्वकुशलले दिएपछि माइती पक्षबाट सबैलाई बोलाई बस्नको लागि यथा स्थान बनाएको हुन्छ । सबैजना बसी सकेपछि खानपिन तरकारी रोटी चियाको व्यवस्था गरेको हुन्छ भने यतातिर परिचय र नाता सोझ्याउने काम हुन्छ । आपसमा अभिवादन हुन्छ । यतिकैमा सौहार्दपूर्ण वातवारणमा सम्पूर्ण काम सकेकोले दुलाहा पक्षबाट धन्यवाद दिँदै प्हरफ्याजी गीत गाउँदै ढोकाबाट बाहिरीन्छन् । दुलाहाको घर वा डेरा (न्हन्स) पुगी त्यहाँ पनि गीत गाउँदै मुलखामोमा (कहुङसिर त्हा) लाई परिक्रमा गर्दै भित्र पुगी माइतीबाट आएको सुराहीको छ्याङ र ठेकीमा आएको रक्सी घरमा खिमी चढाउने काम सम्पन्न हुन्छ । सबैलाई खाना पिनाको व्यवस्था हुन्छ । दुःख पाउनु भएको सबैलाई धन्यवाद दिँदै बस्ने बस्छन्, जानेलाई विदा दिन्छन् ।
दोस्रो चरणको कार्यक्रमः स्वयम्भर र गृह प्रवेशः
दुलही लिन विवाहको जन्ति जानलाई स्वयम्वर र गृह प्रवेशको समयको ख्याल (निदान) राखिएको हुन्छ । तयारी अवस्थामा सर्वप्रथम दुलाहालाई लबेदा सुरुवाल , कोट र शीरमा टोपी र टोपी माथि किमती कपडा प्हरको हरियो सफा फेटा गुथी तयारीमा बसेको हुन्छ । दुलहीको निम्ति चाहिने सम्पूर्ण कपडा , गहना र श्रृंगारका सामान र आफ्नै जातिय भेष न्होकोन चोलोको सेट समेत राखि महिलाको एक समूह तयारीमा हुन्छ । यसरी सबै तयारी भएपछि शुभ साइतमा जन्ति प्रस्थान हुन अगी घरबाट सगुन (केल्साङ) गरी दुलाहाको कन्चटमा घ्युको हेरको टिका साथै फुलमालाले विदाई गर्छ । सम्पूर्ण जन्तिलाई फूलमाला, टिका र सगुन गरी दुलाहाको बाबा समेत जन्तिमा प्रस्थान हुन्छ । आमा घरको व्यवस्थाको लागि घरैमा बसेको हुन्छ । जन्ति दुलहीको घर आँगनमा पुगेपछि सर्वप्रथम दुलाहा लाई अक्षता र फुलले छर्काइ जलले तीन पटक फन्का मारी घुमेपछि नव दुलाहालाई ससुराले हात समाती स्वंयम्वर मण्डपमा राखिन्छ भने दुलहीको श्रृंगार पटारको लागि आएको महिलाको टोलीले दुलहीलाई श्रृंगार पटार गरेको हुन्छ । यता जन्तिहरुको स्वागतको लागि विशेष ठाउँ राखिएको हुन्छ । जन्ति टोलीलाई विशेष चियापानी त्यसै ठाउँमा व्यवस्था गरिएको हुन्छ । स्वयम्वरको शुभ साइत भित्र दुलहीलाई श्रृंगार गरी स्वयम्भर मण्डपमा लगिन्छ । स्वयम्वरको शुभ दिशा पारि स्वयम्भरको प्रक्रिया अनुसार नव दुलहीलाई सिउँदोमा दुलाहाले पहिले तेल लगाई दिने चलन थियो हाल सिन्दुर राखेर कार्य सम्पन्न गर्ने चलन चल्तीमा आएको छ । त्यसपछि दोहोरो स्वयम्भर फूलमाला लगाउँछन् । औंठी साटासाट हुन्छ । एवं रीतले दुलहीलाई तिलहरी मंगलसुत्र लगाईसकेपछि दुलाहा दुलहीलाई विशेष मन्चमा राखी सर्वप्रथम दुलहीको आमा बाबा सहित घर परिवारले आशिर्वाद दिन्छन् । त्यसपछि नातेदारले फेटा टुटुम खाता तथा फूलहरु दिँदै आशिर्वाद दिन्छन् । दुलहीको घरबाट दाइजो र नातेदारहरुबाट गरदुवा आएको समुच्च रकम र गहना समेत दुलाहाको जिम्मेवारी व्यक्तिलाई दिँदै भोज भतेर पार्टी समेत हुन्छ । यसै क्रममा चेलिहरुबाट पैसा झार्ने काम पनि सम्पन्न गराइन्छ । यसै क्रममा दुलाहा दुलहीको दुवै पक्षमा मानिसहरु आपसमा परिचय र नाता सोझ्याउने गर्छन्. । विदाइको समयमा माइतीबाट (लम्टा) भोरे खास्टोमा (ल्ह छयुलुप) उवा, गहँु वा चामल मध्ये कुनै एक थरी नौ माना राखी डेढ दुई फुटको सरमा सेतो ध्वाजा लम्ट याङ दुलहीको नजिकको जेठानीलाई जिम्मा दिएको हुन्छ । दुलहीको घरबाट बिदाको समयमा सगुनमा दुलहीको सिउँदोमा घ्युको टिका लगाई दिन्छन् भने दुलाहालाई कन्चटमा टिका लगाई फूलमालाले विदा गर्छन् ।
जन्त दुलाहाको घर आगनमा आइ पुगे पछि गृह प्रवेश द्वारा जल घटा राखिएको हुन्छ । स्वागतद्वार बनाएको हुन्छ । गृह प्रवेश गर्दा चेलीहरुले सगुन स्वागत (केल्साङ) गर्छन् फूलमाला खाता बाट स्वागत गर्छन् । द्वारमा जलकलश, दियो बलेको हुन्छ । गृह प्रवेशमा सर्वप्रथम माइतबाट लिएको जेठानीको साथमा भएको (लम्ट) याङ शक्ति दुलहीलाई बोकाई दिन्छन् । यो लम्टको मतलव हो लक्षिनकी दुलही पनि भन्छन् । दुलहीको भौतिक प्रतिक हो लम्ट । लम्टले स्त्री याङको प्रतिनिधित्व गर्छ । गृह प्रवेशमा सासुले नव दुलहीको हात समाती गृहप्रवेश गराउँछन् । पूजा कोठामा निम बत्ति बलिरहेको हुन्छ भने नव दुलहीलाई दियो प्रज्वलन गर्नलगाई आफूले बोकी लिएको लम्टको अन्नलाई तीन वटा कचौरामा चुली बनाई जल चढाउने ठाउँमा चराई सकेपछि खिमी च्हुजी गर्नुपर्छ । त्यसपछि तीन पटक ढोग गरी जेठानी सित आफूले बोकी लिएको लम्ट बोकी भित्र (च्ही काङ) भण्डारमा रहेको यङकु चुव म्रम अथवा कुलायन देवता राख्ने मदुसमा लम्ट तीन दिन सम्म राखी ध्वोजा त्यही राखी अन्नलाई आफूसँग भएको अन्नसित मिसाउनु पर्छ । गृह प्रवेश र लम्टको काम सकेपछि नव दुलाहा र दुलहीलाई टिका र आशिर्वाद दिने मन्चमा बसेका हुन्छन् । सर्वप्रथम आफ्ना आमा बाबाले र घर परिवारले साथै क्रमशः सबै नातेदारले फेटा, टुटुम, खाता तथा फूल टिकाले नव दम्पत्तिलाई आशिर्वाद दिँदै जान्छ । अन्तमा भोज भतेर पार्टीमा परिणत हुन्छ । केही समय रमाइलोको लागि नाचगान गरी दोस्रो चरणको कार्यक्रम समाप्त हुन्छ ।
तेस्रो चरणको कार्यक्रम कहर सजी दुलहन फर्काउने ।
विवाह सम्पन्न भएको तीन दिन पछि दुलान फर्काउने अथवा कहर सजी गर्ने चलन छ । मुलघर अथवा आमा बाबु र एकाघरबाट छुटिएको बुवाहरुलाई क्रमशः थालमा अक्षता र फूलहरु राखी आमा बाबालाई १०१ नगद दाम राखी ढोग गरी भेट गर्ने चलन छ भने अरु नाता हेरि क्रमशः दाम राखी ढोग गरिन्छ । ढोग भेटको क्रममा जसलाई दाम ढोग गर्नु पर्ने हो उसको घरमा रोटी रक्सी र फलफूल पनि राख्नु पर्ने हुन्छ । दाम राखी ढोग भेट गरी सकेपछि दुलही फर्कने समयमा जति दाम राखिएको हुन्छ त्यसमा अलिकति रुपीया थपी दुलहीको हातमा फिर्ता गरिदिएको हुन्छ । दुलहीको आमा बाबाको गोत्र भित्रका सम्पूर्ण तेह्र दिने दाजु भाइ नातेदारको घरमा एक ठेकी रक्सी वा एक बोतल जुस र फलफूल राखी ढोग भेट गर्न जानु पर्छ । यसको उद्देश्य भनेको नातेदारको आदार सम्मान गर्नु हो भने अर्को आफन्त नातेदारको परिचय गर्नु पनि हो ।
थकाली जातिमा सम्पन्न गरिने मृत्यु संस्कार आफ्नै मौलिकता र समाजिकता र धार्मिक सांस्कृतिक हिसाबले ज्यादै सम्पन्न , ज्यादै प्रेम र करुणाको गाथाले भरिएको छ । थकाली मृत्यु संस्कारलाई राम्ररी बुझ्ने हो भने त्यसले व्यक्तिलाई अन्तर्दृृष्टि दिलाउन सक्छ । यसै कुराहरुलाई मध्यनजर राख्दै थकाली मृत्यु संस्कारको वर्णन गर्न चाहन्छु ।
कुनै थकालीको मृत्यु भएमा निज मृत व्यक्तिलाई दाह संस्कारको नीति घाटमा लैजानु भन्दा अगाडि एकसय आठ बत्ति बालेर मृत आत्माको शान्ति कामना गर्दै निजको श्रद्धामा अन्तिम बिदाई स्वरुप ढोग दिइन्छ । शवयात्रा शुरु हुनु अगाडि मृत आत्मा सँगै घरको सौभाग्य समृद्धि सकुन नजाओस भनेर घरको ज्वाइले डाडु पन्यूँमा चार रंगको ध्वजा बाँधेर शवमाथि घुमाउँदै झार्दै गर्छ । यो विधि सँगै घरको बुहारीले तीन कचौरामा मह, दूध र रक्सी राखी कचौराको घेरामा तीन ठाउँमा नौनी घ्यू लगाएर हेर गरेर स्वागत (केल्साङ) गरेर घरबाट विदाई गर्छन् । शब यात्रामा इष्टमित्र आफन्तहरुको सहभागिता रहेको हुन्छ र साथै थकाली जातिको पुरोहित ट्होम पनि शव यात्रा मा सँगै हुन्छन् । झाँक्री ले रिठ्ठाको माला फिराउँदै झीँजा भन्ने मन्त्र विधि सम्पन्न गर्छन् । त्यसपछि जेष्ठ पुत्रले दाग बत्ति दिने गर्छन् । लास जली सकेपछि मलामीहरु फर्कदा बाटोमा धुपी बालेर धुवाइन्छन् र त्यो सुगन्धीत धुँवाले चोख्याएर र बाटोमा राखिएको काँडाको हाँगामा सबैले कुल्चेर घर फर्कन्छ ।
दाहसंस्कार गरेको तीन दिनपछि घरको मुख्य ज्वाई झिसमिसेमा घाटमा गएर भस्म भएको चीताबाट दुई टुक्रा अस्तु झिकेर सफा सेतो कपडामा पोको पारी घर ल्याउँछन् र चीताको बाँकी खरानीलाई गंगामा प्रवाहित गरिन्छ । घर ल्याइने अस्तुलाई अस्तु पोका पार्ने रुमालको मुखमा पवित्र धुपी केपेर गृह प्रवेश गराइन्छ । अस्तुलाई गृह प्रवेश गराउँदा चेलीवेटीहरु स्वर्गीय व्यक्तिको सम्झनामा भावविहल भएर रुन्छन् र अस्तुलाई स्वागत गर्दै पूजा थालीमा राखेर झाँक्री (ट्होम) ले विधिहरु गरेर म्हेन्दो (प्रतिकको) रुपमा सम्पन्न गरिन्छ । कुनै टुटफुट नभएको ढलोटको पाथी भरी उवा राखेर त्यसको विचमा पर्ने गरी तीनवटा निगालो गाडिन्छ र त्यही विचमा पवित्र अस्तु राखिन्छ । त्यसमाथि त्यो पाथीलाई मृतकको कपडा लगाइ दिएर सिंगारिन्छ र मृतक व्यक्तिको प्रतिकात्मक मूर्ति बनाइन्छ । यसरी एउटा म्हेन्दो (मूर्ति) तयार भइसकेपछि झाँक्रीले ढ्यांग्रो ठोकेर मन्त्रहरुले आफ्नो विधि प्रारम्भ गर्छन् ।
एकसय आठ बत्ति प्रमुखकर्ताले प्रज्वलित गरेपछि पुरोहित झाँक्रीको मन्त्र जप विधि विधान प्रक्रिया सुरु हुन्छ । मृतकको घरको मूल व्यक्तिले दीप प्रज्वलित गरेपछि परिवारको अन्य सदस्यहरुले पनि दिप प्रज्वलित गर्र्दै ढोग गर्छ, सबै प्रकारका फलफूलहरु, प्रसादहरु धुपौरोमा धुप सहित चढाएर सुगन्धित पारिन्छ । झाँक्रीले रिठ्ठाको माला जप्दै तन्त्र मन्त्र गरेर पुजा गर्दै जान्छन् । यसरी प्रथम तेस्रो दिनमा मृतकको प्रतिकात्मक मूर्ति सिर्जना गर्दै स्मृतिपूजा गर्ने प्रक्रियालाई म्हेन्दो स्यायाङप भनिन्छ । दिनको तीन समय विहान बेलुका दिउँसो तख्तामा रहनु भएको मृतकको मूर्तिलाई खाना प्रसाद चढाइन्छ । यस कार्य सम्पादन गर्न घरको मूल ज्वाइको प्रमुख भूमिका रहेको हुन्छ । जुन सुकै राम्रो नराम्रो कार्यमा ज्वाइको प्रधानता रहन्छ । दान दक्षिणाको अधिकारी पनि छोरी ज्वाइएहरुनै हुन्छन् ।
मृतकको मूल ज्वाइले दैनिक स्मृति गर्दै प्रतिक मूर्तिलाई चढाएको खाद्य वस्तु फलफूलको थोरै थोरै अंश धुपौरोको अग्नी ज्वालामा हालेर धुप मृतात्मालाई चढाउँछन् । बाँकी खाना प्रसाद शान्तिको कामना गर्दै मूल ज्वाइले नै खानु पर्छ । मूल ज्वाइले चढाएको खाना फलादी खाइदिएमा मृतात्माले पाउँछ भन्ने जनविश्वास छ । यो प्रक्रिया पहिले ४९ दिनसम्म चलिरहन्थ्यो हाल यो प्रक्रिया १३ दिन, ९ दिन हुँदै ७ दिनमा सम्पन्न गर्ने आधिकारिक निर्णय भएअनुसारनै गरिन्छ । त्यस्तै पाचाँै दिनको स्मृति पूजामा आफन्त नातेदार घर, माइतीहरु बोलाएर मृतकको नाममा खुवाउने, शान्तिको कामना गर्दै एकसय आठ बत्ति प्रज्वलित गर्ने परम्परा छ । यस परम्परालाई टहुन्टा भनिन्छ ।
म्हाङ–हाव– मृतात्माको पदचिन्ह गर्ने दिनः
छैठौ दिनको रातमा मृतकको मृतात्मा पहिचान गरी सदाको लागि कूललई आशिर्वाद माग्ने र दुःख कष्ट नदिनुहोस् भनी अन्तिम विदाइ गर्ने चलन छ । जसलाइ म्हाङ–ह्राव’ भनिन्छ ।
प्रक्रियाः
प्रतिकात्मक मूर्तिलाई पुनः स्याङस्योङ एक प्रकारको खुट्टा भएको छाव्रीमा राखेर अन्तिम विदाइको लागि परम्परा अनुसार चोखो हरियो धुपीको हाँगा नौवटा, कुखुराको डाँकमा जंगलमा गएर काटेर ल्याउने र गंगाजीमा नुहाई, चोखो गंगाजल र दर्शन ढुंगा ल्याएर घरको थारामा राखिन्छ । बेलुकी अक्षुन्नरुपमा बत्ति प्रज्वलित गराई राखेको हुन्छ । झाँक्रीले ढ्यांग्रो बजाई तन्त्र मन्त्र जप्दै नौवटा धुपीमा हाँगा पाथीमा सिउँरिदै प्राण प्रतिष्ठान गरिन्छ । धुपीको हाँगामा लावाको फूल, लेकाली फूलले सिंगारिन्छ र तख्ता माथि चढाए पछि मृतात्माको अन्तिम पहिचान गर्ने कार्य शुरु हुन्छ । प्रत्येक झ्यालमा ढोकाहरु बन्द गरिन्छ र भित्र पट्टिबाट पनि काँडा राखिन्छ । ताकी कुनै प्रेतात्मा भित्र प्रवेश गर्न नसकोस् । घरको थारामा झाँक्रीले सेतो पछ्यौरा हल्लाएर तन्त्र मन्त्र गरेर मृतात्मालाई डाकछन् र त्यसमा ज्वाइहरुको समेत सहभागीता हुन्छ । यसरी मृतात्मालाई झाँक्री आफ्नो आसनमा बसी आफ्नो इष्टदेवता ग्यकरको प्रतिस्थापना गरी तान्त्रिक विधि मन्त्रणा गर्छन् । अनेकौ वहाना लगाएर मृतात्मासँग साक्षात्कार गरी बाटो विराएको भए सबै बाटो, गोरेटो देखाइन्छ । अन्तमा जे भए पनि आफ्ना घरमा आउनुस् कुन योनीमा मृतात्माको जन्म भयो सो परिचय चाहियो । स्वर्गमा अनेकौ विघ्न वाधाहरु पार गरेर जान सक्नु होस् भनेर पुकार्छन् ।
पूजा कोठा जसलाई ध्हीम्तेन भनिन्छ र मूल खम्वामा आधारित कोठा, जहाँ चुलो, पूजा स्तम्भ (तख्ता) हुन्छ त्यहाँ कलशमा देउता राखेको हुन्छ । जुनसुकै पूजन कार्य त्हीम्तेन कोठामा सम्पादन हुन्छ । त्यस पूजाको मूल ढोकामा नै मृतात्मालाई पहिचान गर्ने एउटा पासो राखेको हुन्छ । उक्त पासो सम्म परेको चिप्लो फल्याक हुन्छ र त्यसपछि १ कालो ध्वाँसो २. खरानीको मिश्रण राम्रोसँग मिसाएर छर्किएको हुन्छ र त्यहाँ रखवारीको लागि कुकुरको प्रतिक च्ह राखेको हुन्छ । झण्डै २÷३ घण्टा सम्मको अविरल मन्त्र तन्त्र जप, तप उच्चारण र ढ्यांग्रोको चर्को पिटाइले थर्कमान पूजाकोठा, चकमन्न अन्धकारमा मृतात्मासँग वार्तालाप गरी फकाउने, हप्काउने गरी स्मृति पूजा स्थलसम्म ल्याउँछ । यो विधि समाप्त भएपछि मृतात्माको पद चिन्ह पक्रने च्ह भएको ठाउँमा प्रमुख ज्वाइ हेर्न जान्छ र जानु भन्दा अघि यो ठाउँ दाहिने देव्रे पट्टि यस्तो यस्तो किसिमका पद चिन्ह छ कि छैन हेर भन्छन् । यदि यो भनाई अनुसार नभएमा पुनः मृतात्मा बोलाइन्छ र अन्तमा मृतात्मालाई पक्रिन्छ । खरानी र ध्वाँसोको धुलो माथिको त्यो पद चिन्हको सबै भाग बटुलेर गोरुको सिंह भित्र राखिन्छ । पिठोले बनेको कुकुरको प्रतिकात्मक मूर्ति च्हले मुख टाली दिन्छ । अनेकौं तन्त्र मन्त्र जपेर बन्धन बाँधेर अब देखि फेरि आएर घर परिवार इष्टमित्रहरुलाई दुःख दिने छैनौ भनी बाचा कवुल गरी म्हाङलाई काँडाको विचमा राखेर मृतकका सबै परिवारका सदस्यहरुले अन्तिम विदाई स्वरुप खुट्टाले कुल्चिन्छन् र त्यसपछि टाढा दोबाटोको विचमा गाड्न झाँक्री र ज्वाइहरु जान्छन् । यसरी मृतात्माको पद चिन्ह पक्रेर निजलाई भविष्यमा दुःख नदिने बाचा कबुल गराएर छाड्ने प्रक्रियालाई म्हाङ–हाव–मृत्यु संस्कार भनिन्छ । त्यसै कारण थकाली जन समुदायले कहिल्यै पनि वायु पूजा गर्दैनन् । दुःख दिने मृतात्मा पदचिन्हहरुलाई बाचा कवुल गरी थन्काएको हुनाले दुःख दिँदैन । मृतकको प्रतिकरात्मक मूर्तिलाई म्हेन्दो भनिन्छ । मृतकको सम्मान गुणगान स्मृति सुख शान्तिको लागि १०८ दिप प्रज्वलित कार्यक्रम हुन्छन् । यो सबै क्रिया सम्पन्न गर्न तीन प्रमुख वर्गको बीच कार्य विभाजन हुन्छ ।
त्हापर–घरको परिवार
म्हा प्हर– ज्वाई वर्ग
आहस्याङ प्हर– माइती वर्ग
आफ्नो मृतकको घरबाट १०८ दिप प्रज्वलित गरी सुखशान्तिको कामना गर्दै नाङलो भरी पूजा सामान चढाएको धुप चढाइकन आखिरी विदाई स्वरुप भूइमा तीन पल्ट ढोग दिन्छन् । झाँक्रीलाई गच्छेअनुसार दान गरिन्छ । यही प्रक्रिया तीनै वर्गको हुन्छ । अति मिल्ने मित, सहेली, छिमेकीहरुबाट पनि १०८ बत्ति प्रज्वलित गरी अन्तिम विदाई गरिन्छ । यसरी उज्यालो हुनु भन्दा अगावै कार्यक्रम सञ्चालन गर्नुपर्छ । कार्यक्रम सकेपछि सहभागी इष्टमित्र, आफन्त, मलामीहरु सबै पुनः प्रतिकारात्मक मृतकको मूर्तिलाई गंगाजीमा सेलाउन अन्तिम विदाइ गरेर प्रमुख ज्वाईले बोकेर गंगाजी तिर लैजान्छन् । साथै सबै सहभागीहरु पनि जान्छन् । गंगामा विधिवत सेलाएर नुहाई धुवाई गरी फर्किन्छन् । मृतकको कहयु भित्रको दाजु भाइले तथा अन्यले पनि पोलेको सेतो दर्शन ढुंगा र धुपीमा पानी राखेर त्यसको वाफले मुख धोइन्छ र हातमा सेतो ऊनी धागो बाँध्छन् । यसरी चोख्याइन्छ ।
थकाली सेवा समिति नेपालको विधान २०४९ (प्रथम संशोधन २०६३) तथा सामाजिक नियमावली (मूल बन्देज २०६३) अनुसार क्हेम्चे (१०८ वत्ती) सम्बन्धी निम्न नियम बनाइएको छ ।
मतृकको घरवाट स्याक्सोम्, ट्हुण्डा र म्हाङ्¥हावको रात (बिदाइ) मा गरी जम्मा ३
म्हातुङ् (मूल चेली ज्वाइ) १
स्याङ्तुङ् (मूल माइती) बाट १
दाजुभाइको समूहबाट १
अन्य चेली ज्वाइसमूहबाट १
अन्य माइती समुहबाट १
महिलाकोमा भए आनच्योन् र पुरुषकोमा मावली समूहबाट १
जम्मा क्हेम्चे ९
एक क्हेम्चे वरावर १०८ वत्ती हुन्छ र सो वत्ती वाल्नमा ज्वाइहरुले प्रमुख जिम्मेवारी भूमिका निर्वाह गर्नुपर्दछ । यसरी क्हेम्चे गर्दा माथि उल्लेख गरिएको आ–आफ्नो समूहबाट व्यवस्थापन गरिन्छ ।
भविष्य वाणी गर्ने प्रक्रिया (म्होलोसेव):
पुरोहित झाँक्री सम्मानित आसनमा बसाइन्छ र त्यही कोठामा बसेको मृतक परिवारका सदस्यहरु चोखिएका दाजुभाइहरुले दक्षिणा झाँक्रीको निम्ती थालमा ल्याएर फूल, धुपी र हयर गरेको रक्सी चढाए पछि झाँक्रीलाई म्हाङह्राजी गर्दा अन्तर दृष्टिबाट शुभ अशुभ के के लक्षण देख्नु भयो ? खुलस्त बताई दिनोस. भनी अनुरोध गर्छ र प्रतिउत्तरमा झाँक्रीले आफूलाई चोखो धुपी फूलले छे छे छे गर्दै आफ्ना पितृदेव ग्यकरको स्मरण गर्दै म्हाङह्राजी गर्ने प्रक्रियामा देखेका भोगेका र सपरिवार पिरने वा उनको आन्तरिक आंकाक्षाहबारे बेली विस्तार गर्छन् । मृतकले गोप्य रुपमा राखेका अमूल्य वस्तुहरु कहाँ के कसरी राखेका छन् र कसरी प्रयोग गर्ने बारेमा जानकारी दिन्छन । अनि गर्नुपर्ने पूजादी बारे बताइन्छ । यसरी पुरोहित झाँक्रीले भविष्यवाणी गर्ने प्रक्रियालाई थकाली भाषामा म्होलोसेव भनिन्छ । त्यसपछि म्हाङह्रावको सम्पूर्ण कामको विसर्जन भएको मानिन्छ । मृतकको नाममा दान दक्षिणा र दान स्वरुप, मलामी खुवाउने, पिलाउने प्रक्रिया सुरु हुन्छ । जसलाई मलामी उम्काउने भनिन्छ । मृत्यु संस्कारमा आफ्नो छोरी चेली ज्वाइहरुलाई अनिवार्य रुपमा दिइने दान दक्षिणाले पारिवारिक संरचना र संस्कृतिलाई परिमार्जित गर्न महत्वपूर्ण भूमिका खेलेको छ । दान दक्षिणा दुई प्रकारको हुन्छ ः
१. क्होइला दक्षिणा २. म्रेकोन
क्होइला मृतकको आफ्नै छोरी र एउटै बाजेका छोरीहरुलाई मात्र दिइने दक्षिणा हो । र यो दक्षिणामा मृतककै किमती लुगाहरु खाट, विछौना, छाता, कपडा र हाल प्रेसर कुुकर पानी फिल्टर र अरु दामी समानहरु पनि दक्षिणा सहित समावेश गरेर घरको मूल ज्वाइलाई दान गरिन्छ जसलाई म्हातुङ भनिन्छ । यो घरको मूल छोरी ज्वाइलाई दिइन्छ र अन्य छोरीहरुलाई दक्षिणा सहित बस्त्र दान गरिन्छ । जसलाई क्होइला भनिन्छ ।
मे्रकोनः यो तेह्र दिने दाजु भाइको परिवारमा लागू हुन्छ । त्यस्तै गरेर फुपुहरु भान्जीहरु, नातिनीहरुलाई क्रम मिलाएर म्रेकोन दान दिइन्छ । मृतक परिवारको गच्छेअनुसार रु. १०।– देखि माथि दिन सकिन्छ । तर म्रकोन दान अनिवार्य रुपमा दिनु पर्छ । दिइएन भने भेदभाव गरेको र हेला गरेको सम्झिन्छन् ।
मृत्यु संस्कारमा हुने विधिहरुः
१. म्हाङ् –हावः भनेको मृतात्माको पदचिन्ह गर्ने विधि
२. म्होलो सेवः भनेको भविष्यवाणी गर्ने । मृतकको घरमा शुभ अशुभ घटनाहरुको अन्तरदृष्टि बाट जानेको कुरा बताउने विधि ।
३. अस्तु सेलाउनेः मृतकको अस्तु आफ्नो गोत्रको खिमी स्तम्भ अथवा अस्तु स्तम्भ थाकखोलामा गई सेलाउने ।
४. म्हातुङः भनेको मृत्यु संस्कार सकिने अन्तिम दिनमा प्रमुख ज्वाइलाई दिइने किमति दक्षिणाहरु हुन् ।
५. कहोइलाः भनेको मृतकको आफ्नै छोरी र एउटै बाजेको छोरीहरुलाई मात्र दिइने वस्त्र सहितको नगदी दक्षिणा हो ।
६. म्रेकोनः भनेको मृतक घरको गच्छेअनुसार दिइने नगद दक्षिणा हो । यो १३ दिने विवाहित चेलीवेटीहरुलाई मात्र दिइने दक्षिणा हो ।
७. मृत्यु संस्कारमाः प्रमुृख ज्वाईको महत्वपूर्ण भूमिका रहन्छ
बाह्र बर्षे मेलामा रथ यात्रा (Appearance of Gods & Goddesses) थकाली जाति समुदायले परम्परा देखि संस्थापन गरी श्रद्धाले पुज्दै आएका चार आराध्य देवताहरु प्रत्येक बाह्र वर्षमा स्तुती द्विप प्रज्वलन गरी आशिर्वाद माग्ने देवताहरुको झाँकी प्रदर्शन गर्ने महान धार्मिक पर्वलाई थकाली जातिय भाषामा “ल्ह फेव” महोत्सव भनिन्छ । थाकखोला थाक सात सय थासाङ इलाकामा मिर मुखियाको नेतृत्वमा संगठित तेह्र मुखिया स्वायक्त स्वशासन प्रणाली कायमै छ । मिर मुखिया, उप मुखिया, तहविल मुखिया र अन्य दस मुखिया सदस्य हुन्छन् । यसरी थकाली समुदायको आफ्ना चार आराध्य देवता बाहिर प्रदर्शन महोत्सव बाह्र बर्षे ल्ह फेव मेला सुसम्पन्न गर्न मिर मुखियाको नेतृत्वमा परम्परागत रुपमा बनेको मूल बन्देज अनुरुप पर्ने प्रक्रिया शुरु हुन्छ । यो मेला पौष महिनाको स्वेत हिम प्रभात सेताम्य वातावरणमा सुसम्पन्न गरिन्छ । थाक सात सय मूल कोट घरमा मिर मुखिया मुखियाहरु अन्य भद्रभलादमिहरु, चारै चनका पाँडेहरु, चार देवताका प्रतिक कुमार केटाहरु, चार थरका स्वयम् सेवकहरु, देवताको शिरपेज र अन्य समानहरु लिई सम्मिलित भइ चार देवताका स्तुतीगान गाउँछन् । स्वयं सेवकहरुले धुपीको हाँगाहरुमा भएको धुपहरु जलाएर पुङयुङ उ पुङयुङ गुफा मन्दिर शुद्धाउँछ, चोख्याउँछ जसलाई साङतेव भनिन्छ । म्हरस्याङक्यु चोखोपानीमा गइ स्नान गरी पाँडेहरु, कुमार केटाहरु चोखो निस्तो गरी फर्के पछि तोकिएको स्थानहरुमा चार देउता र चार पुर्खाका प्रतिक मानी स्वागत गर्छन् । पुङयुङ गुफामा पुगी पाँडेहरु र कुमार केटाहरुले चोखो निस्टो गरी देवताको पूजा आरधाना गर्छन् । चार थर पाँडेहरु चार कुमार केटाहरु आफ्ना आफ्ना देवताहरुको रंग अनुसार बस्त्र धारण गरी सेतो सफा पगरी शिरमा गुथिकन चाँदीको अंखरामा धुपीको झुप्पा, रंगीचंगी फूलहरु सजाएर पूजा आरधना गर्छन् । पुङयुङ गुफा मन्दिरभित्र रहेको चिप्लेटी ढुंगामा चोखो पवित्र जल धुपी, फूल र १०८ दिप प्रज्वलित गरी देवताका गाथाहरु थकाली भाषा ह्रव अध्ययन, मनन र श्रवण गर्छन् । भक्तजनहरु यो ह्रव वाचन अति श्रद्धा भावले सुन्ने गर्छन । गौचन पाँडेले अविशेक गरी मगाएको उवा अन्नको सत्वीज भक्तजनहरुलाई छर्कन्छ । उवा सत्वीज पछ्यौरी थापी बटुल्छन् । पुरुषहरु दुइ हातले सत्वीज बटुल्छन् । देवताबाट स्पर्स गराइएको सत्वीज आफ्नो घरको अन्न भण्डारमा मिसाएमा सहकाल लाग्ने, अन्न वाली सप्रने विश्वास राख्छन् । त्यस्तै भट्टचन पाँडेले आफ्नो देवता ल्ह ह्यावा¥ह्याङज्युङको धर्म गाथा सुनाई सकेपछि नुनको सत्वीज छर्किदा महिलाहरु आफ्नो पछौरीमा बटुल्छन् । त्यस्तो नुन आफ्नो भण्डारमा रहेको नुन सँग मिसाएमा नुनको व्यापार सप्रिन्छ भन्ने विश्वास राख्छन् । भक्तजनहरु चार देवताका सत्वीज र चार रंगका ध्वजा घरभित्र लगी लक्ष्मी मधुस भित्र चढाएमा घरमा सुख समृद्धि ऐश्वर्यता, फलिफाप गरिबी नलागोस् हे लक्ष्मी देवी आशिर्वाद दिनु होस् भनी द्धीप प्रज्वलित गरि श्रद्धाभक्तिपूर्ण ढोग गर्छन् ।
हस्त लिखित धार्मिक गाथाहरुः
१. गौचन – च्योकी ह्रव–गौचन वंश गाथा ।
२. तुलाचन– साल्की ह्रव– तुलाचनको वंश गाथा ।
३. शेरचन–ढिमचन ह्रव– शेरचनको वंश गाथा ।
४. भट्टचन –प्हुर्की ह्रव– भट्टचनको वंश गाथा ।
ल्हफेव महोत्सव निम्न प्रकारका झाँकीहरु प्रदर्शन गरिन्छ ।
क) झाँक्रीपूर्वज –न्वारा भ्युन्ज्युङ का सन्तान नातन झाँक्री थरले आफ्नो आराध्य देव ग्यकर सँग स्तुती पाठ र तन्त्रमन्त्र गरी नाकुङ ठूलो ढुंगाको मुनी ध्होन्चे पूजा गरेको हुन्छ भने भट्टचन थरको नौ जना शिकारीहरुले मृग मारी अंग प्रत्यङ्गको साना साना भाग प्रसादको रुपमा टक्राउने कार्य गरिन्छ ।
(ख) खेतमा बीउ विजन गर्न गौचन थरबाट हलो जोत्ने , वीउ विजन सत्वीज छर्कन गर्छन ।
(ग) शेरचन थरका ल्ह क्षमे चेलीवेटीहरु खेतमा झार कोर्ने कार्य देखाउँछ ।
(घ) तुलाचन थरको प्रमुखले आफ्नो थरको युवासँग शेरचन थरको युवती फकाई दिन शेरचन थरको चेलीवेटी प्रमुख (आनच्योन–ट) लाई अनुरोध गर्छ ।
(ङ) यसै प्रक्रियामा अगाडि बढ्दा शेरचन थरको चेलीवेटी प्रमुखले आफ्नो थरको युवतीलाई मन्जुरी गराएको खबर तुलाचन थरको प्रमुखलाई जानकारी गराउँछ ।
(च) युवतीलाई भगाएर आफ्नो मामा ल्ह ल्हाङवा नुर्वुको घरमा लगेर लुकाउँछन् ।
छ) विधिवत हरेर लगेको विवाह सु सम्पन्नभएपछि नव दुलहीले सगुन भेटी चढाएर मामा ल्ह ल्हाङवा नुर्वु देवतालाई कहर सची सगुन भेटी चढाउँछन् । यसैगरी अन्य तीन देवतालाई पनि कहरसची गरी सगुन भेटी चढाउँछन् । वरवधुले आशिर्वाद माग्छन् ।
(ज) चेली प्रमुख आनचोन ट लाई नेत कहर सचि गरिन्छ । मातृत्व अभिभार चुकाउँछ । थकाली समाजमा मृत्यु संस्कारमा प्रमुख ज्वाइलाई म्हातुङ किमती समानहरु दिने प्रथा र अरु चेलीवेटीहरु पनि आफ्नो गच्छे अनुसार कहोइला दान र म्रेकोन दान दिने चलनको साथै शुभ विवाहमा चेली प्रमुख लाई नेते कहर सची गर्ने प्रथाले थकाली समाजका मातृसत्तात्मकताको वाहुल्य भएको झझल्को देखिन्छ । समाजिकताको केन्द्र विन्दु महिला वर्ग हुन् । महिला वर्गलाई खुसी बनाउन सके घरमा सफलता प्राप्त हुन्छ । घरमा सुख शान्ति छाउँछ । सामाजिकताको मूल आदर्श आपसमा राम्रो घुलमिल भएर बस्नु हो । यो कुरा थकाली समाजमा शसक्त ढंगले सम्बोधन गरिएको पाइन्छ । छोरी प्रति बढी स्वअधिकार दिएको र छोरी वर्गलाई बढी सम्मान र प्रेम गरिएको, छोरीलाई आत्मनिर्भर बनाउने प्रयास भएको प्रत्यक्ष देखिन्छ ।
झ) चारै देवताहरुलाई सिंगार पटार गरीसकेपछि देवताहरुको प्रत्येकको खट बनाइन्छ । पछि देवताहरुलाई खट सँग जोडिन्छन् । देवताहरुलाई खटमा देवता तयार भएपछि एकीकृत भिडले आ–आफ्नो थरका देवतालाई उचाली परिक्रमा गछ्र्रन् । सो दिन देवताहरुलाई लार्जुङ गाउँको कहाङभुर नामको खेतमा लगि राखिन्छ । अविरल रुपमा धुप वत्ति गरिन्छ । अर्को दिन रथयात्रा पुङयुङ गुफाको अगाडि वगरको कुनामा बास मुकाम हुन्छ । त्यसको अर्को दिन रथयात्रा लार्जुङ गाउँको थाकयोङ्गर भन्ने ठाउँमा वास मुकाम हुन्छ । हरेक दिन अविरल धुप बत्ति गरिन्छ । आशिष ढोग कार्यहरु चलिरहेको हुन्छ । थाकयोङ्गर वास बसेको दिन ते कै तेची (सानो स्वरबाट देवता विच भेटघाट, कुराकानी गर्ने) कार्यक्रम सम्पन्न हुन्छ । यो कार्यक्रम मध्यरातमा रमाइलो तरिकाले सम्पन्न गरिन्छ । अर्को दिन च्याँग्रा काटेर धोन्चे नामक पूजा गर्छन् । भट्टचन थरका ९ जना मध्ये एक जनामुली शिकारी, एक जना मृग, एक जना कुकुर बन्छन् र ६ जना शिकारीहरु मिलेर शिकार खेलेको झाँकी प्रदर्शन गर्छन् । अर्को दिन रथ यात्रा ध्होचोमा गएर त्यही बास मुकाम हुन्छ । त्यो दिन थकाली इतिहास ह्रवसेची काम तुलाचनबाट गरिन्छ । अन्तिम दिनमा देवताहरुलाई ध्होचो भन्ने ठाउँबाट घट्टे खोलाको तीर, लार्जुङको तल्लो भाग घोम्व उ तर्फ लगिन्छ । भट्टचन थरको देवतालाई सो ओडारमा झुण्ड्याएर राखिन्छ भने अरु देवताहरुलाई अलग अलग मधुसमा ताला बन्दि गरी राखिन्छ । कुरुवाहरुले पूजा आराधना गर्छन् । देवताहरुलाई फाल्गुण चतुर्दशीसम्म घोम्व उ मा राखिन्छ । फाल्गुण पूर्णिमाको दिन पुरेत कहम्व, पाँडेहरु स्वयंसेवकहरु मिलेर देवताहरुलाई आफ्नो आफ्नो मन्दिरमा लगेर स्थापना गरिन्छ । गौचन र तुलाचनको मन्दिर नाकुङमा छ र शेरचन र भट्टचनको मन्दिर कोवाङ गाउँमा छ ।